जेठ ६ गते २०८२

केन्द्रीय बैंकद्वारा आज बुधवारका लागि बिदेशी बिनिमयदर कायम

मेरो आर्थिक मेरो आर्थिक पौष १० गते २०८१ ७:४५ AM

केन्द्रीय बैंकका अनुसार आज बुधवारका लागि बिदेशी बिनिमयदर कायम गरेको छ । बिदेशी मुद्राको खरीद बिक्री प्रयोजनको लागि उक्त मुल्य कायम गरिएको हो ।
बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १० पैसा तथा युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ २७ पैसा कायम भएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.