आन्दोलनमा उत्तरिए न्यूरोडका व्यवसायी, महानगर प्रति असन्तुष्ट : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

आन्दोलनमा उत्तरिए न्यूरोडका व्यवसायी, महानगर प्रति असन्तुष्ट

मेरो आर्थिक मेरो आर्थिक माघ १० गते २०८०

काठमाडौं महानगरपालिकाले हिजाेदेखि न्युरोड क्षेत्रका कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि व्यवसायीहरू आन्दोलनरत रहेका छन् । बुधबार पनि व्यवसायीहरू सो निर्णयले व्यवसायमा असर पर्ने भन्दै ‘नो पार्किङ’ विरुद्ध आन्दोलन गरिरहेका छन् ।

महानगरकाे उक्त निर्णयले उक्त क्षेत्रमा रहेका लाखौँ व्यवसायी, स्थानीय तथा सेवाग्राहीहरु अन्यायमा परेकाे व्यवसायहरुको भनाइ छ । व्यवसायमा संकुचनकाे समय रहेको र देशको अर्थतन्त्र नै मन्दीतिर लागि रहेको बेला यस्तो प्रकारको महानगरको निर्णयले थप मार परेकाे भन्दै व्यवसायीले सटर बन्द गरेर आन्दोलन गरिरहेका छन् । 

महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ जसलाई मध्यनजर गर्दै महानगरपालिकाले धर्मपथ, जुद्धसाहिक देखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङ्ग निषेध गरिएको छ । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?