Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

शुक्रबारको बजारमा सुनको मुल्य घट्यो, चाँदी भने स्थिर

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र २ गते २०८०
शुक्रबारको बजारमा सुनको मुल्य घट्यो, चाँदी भने स्थिर

निरन्तर बढेको सुनको मूल्य शुक्रबार भने घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी मूल्य स्थिर अवस्थामा छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँ खरिद बिक्री भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै शुक्रबार चाँदीको भाउ स्थिर भएको छ। आज चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। यो बिहीबारकै मूल्य हो ।  

Add a new comment