आज बिहीबार सुनचाँदीको मूल्य


बिहीबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावला सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला प्रतितोला एक हजार ६५५ रुपैयाँमा किनबेच भइराखेको छ । बुधबार चाँदीको मूल्य एक हजार ६७० रुपैयाँमा किनबेच भएको थियो ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%