माघ १७ गते २०८२ --:--:--
मेनु

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर

मेरो आर्थिक मेरो आर्थिक असार २७ गते २०८१ ११:४४ AM
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर

साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा सामान्य गिरावट भएको छ ।

यसदिन छापावाल सुनको भाउ स्थिर रहेर कारोबार भईरहेको छ भने चाँदीमा रुपैयाँ १५ ले गिरावट भई कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ४४ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको १ लाख ४३ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?