वैशाख १३ गते २०८३ --:--:--
मेनु

‘नमस्ते पे’ मा नगद, ल्याप्टप, स्कुटर सहितको बिभिन्न अफरहरु

मेरो आर्थिक मेरो आर्थिक असार ७ गते २०८० ९:४३ AM
‘नमस्ते पे’ मा नगद, ल्याप्टप, स्कुटर सहितको बिभिन्न अफरहरु

२०८० साल असार ४ गतेदेखि शुरु हुने गरी नमस्ते पेले नयाँ तथा विद्यमान दुवै ग्राहकका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान शुरु गरेको छ । यस अफर अन्तर्गत दुई भाग्यशाली विजेताले ल्यापटप र स्कुटर जित्ने मौका पाउने कम्पनीले जनाएको हो।

साप्ताहिक अफरहरु जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र उडान टिकटमा १०० प्रतिशत क्यासब्याकका लागि योग्य हुन प्रयोगकर्ताले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ । त्यसैगरी दैनिक अफरहरु जस्तै ५०० रुपैयाँ वालेट ब्यालेन्स, १ जीबी डाटा प्याक र १०० रुपैयाँ क्यासब्याक विशेषगरी नमस्ते पे का नयाँ प्रयोगकर्ताका लागि हुन् ।

अफरका लागि योग्य हुन प्रयोगकर्ताले कुनै पनि सेवाको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ । यस अफरका लागि योग्य हुन प्रयोगकर्ताले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्नेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?