वैशाख ११ गते २०८३ --:--:--
मेनु

अपराधको प्रसय नदिएको इसेवाको दावी (सूचना सहित)

मेरो आर्थिक मेरो आर्थिक असार ७ गते २०८० १०:११ AM
अपराधको प्रसय नदिएको इसेवाको दावी (सूचना सहित)

इसेवाले एक सूचना प्रकाशन गर्दै मिडियाहरुमा प्रकाशित समाचारको खण्डन गरेको छ । आफ्नो फेसबुक पेजमा एक सूचना प्रकाशन गर्दै अपराधलाई प्रसय नदिएको दावी गरेको हो ।
आधिकारीक पेजमा भनिएको छ:- ‘इसेवाबाट अनलाइन जुवा तथा सट्टेबाजमा संलग्न नहुनलाई हामी सम्पूर्ण ग्राहकवर्गमा फेरि पनि अनुरोध गर्न चाहन्छौँ ।’

‘अनलाइन जुवा तथा सट्टेबाजमा संलग्न हुनु नेपालमा गैरकानुनी रहेको पनि स्मरण गराउन चाहन्छौँ । कतै इसेवाको प्रयोग गरी अनलाइन जुवा तथा सट्टेबाजको प्रलोभन देखाई कसैले गैरकानुनी कार्यमा संलग्न गराउन खोजेको देख्नुभएमा इसेवामा वा नेपाल प्रहरीलाई सूचित गराइदिनु हुनका लागि हामी हाम्रा ग्राहकवर्गमा पुनस् अनुरोध गर्न चाहन्छौँ। सरकारको चौथो अंग समेत रहेको पत्रकारिताको क्षेत्रमा यस्ता खाले भ्रामक तथा तथ्यहिन समाचार बिना जाँचबुझ सम्प्रेषण नगरिदिनु हुनका लागि मिडियाका सम्पूर्ण सत्यप्रेमी पत्रकार मित्रहरूलाई पुनस् आग्रह गर्दछौँ।’

सूचना

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?