Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

सानिमा बैंक र नागरिक हस्पिटलबिच छुट सम्झौता

मेरो आर्थिक
मेरो आर्थिक
असार ७ गते २०८०
सानिमा बैंक र नागरिक हस्पिटलबिच छुट सम्झौता

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न भक्तपुरको नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटलसँग एक सम्झौता गरेको छ । जसअनुसार ग्रहकलाई छुटको व्यवस्था हुनेछ ।

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिटरक्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएका हुन् । सानिमा बैंकका ग्राहकहरुले औषधी र अपरेशन सम्बन्धी शुल्कहरुमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा ए.टी.एम. सञ्चालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

Add a new comment