Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

स्थापनाको २३ वर्ष मनाउँदै भायानेट कम्युनिकेसन्स

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ३० गते २०७९
स्थापनाको २३ वर्ष मनाउँदै भायानेट कम्युनिकेसन्स

उत्कृष्ट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूकोलाई सेवा दिने उद्देश्यले सन् १९९९मा स्थापना भएको र सोही समयदेखि नेपालको इन्टरनेट र टिभी सेवाको डिजिटल क्षेत्रको वरिष्ठ सेवा प्रदायक भायनेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको आज २३ वर्ष पूरा गरेको छ।

आफ्नो स्थापना देखि हालसम्मको कार्याकालमा नेपालको इन्टरनेट र टिभी सेवाको विकास र विस्तारका लागि कयौं उल्लेखनिय कार्यहरु गरेको यस कम्पनीले, सन् २०११ मा नेपालमा सर्वप्रथम फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी, सन् २०१६ मा भायानेट आईपीटीभी सेवाहरू प्रस्तुत गर्ने पहिलो कम्पनी जस्ता नेपालको सुचना प्रविधि तथा टिभी सेवाको क्षेत्रमा कयौं उल्लेखनिय कार्यहरु गर्दै आइरहेको छ ।

हालको समयमा कम्पनीले आफ्नो अल्ट्राफाई इन्टरनेट लाइनअपहरू मार्फत बजारमा उपलब्ध इन्टरनेटका सबै भन्दा राम्रो विकल्पको रुपमा लाखौं ग्राहकलाई सेवा दिँदै आइरहेको, सस्तो दरमा १७५ं टिभि च्यानलहरू उपलब्ध गराउँदै आएको र भर्खरै अपग्रेड भएको भाया टिभी २.०द्धारा आधुनिक फिचरहरू लिएर आएको छ।

आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले यस यात्रालाई स्मरणीय र रोचक बनाउन हरदम साथ दिएकोमा आफ्ना सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिनुका साथै आउँदो समयमा पनि व्यक्तिगत तथा व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, टिभी र अन्य डिजिटल सेवाहरूको नियमित मागहरू पूरा गर्न आफ्ना उत्पादन र सेवाहरूलाई अझ बढी व्यवस्थित र विस्तारित गराउने उद्देश्य राखेको छ।

Add a new comment