वैशाख १५ गते २०८३ --:--:--
मेनु

कृषि विकास बैंकका कर्जाग्राहीलाई ब्याज छुट

मेरो आर्थिक मेरो आर्थिक असार ८ गते २०८० ६:५३ PM
कृषि विकास बैंकका कर्जाग्राहीलाई ब्याज छुट

कृषि विकास बैङ्कबाट कर्जा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरूलाई असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने सम्पूर्ण व्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट हुने भएको छ । यस सम्बन्धी थप जानकारीका लागि बैंकले आफूले कारोबार गरिरहेको बैंकको शाखामा सम्पर्क गर्न समेत आह्वान गरेको छ ।

पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैङ्कबाट कर्जा लिई कारोबार गरिरहहेका व्यवसायीहरुको व्यययोग्य आयमा भएको कमीका कारण कर्जा असुलीमा समस्या परेको तथा कर्जा ग्राहकहरूले यस्तो विषम परिस्थितिमा बैंकले प्रदान गरेको छुट सुविधाबाट केही भएपनि राहत महसुस गरुन् भनी बैंकले यो प्याकेज ल्याएको बताएको छ ।

विशेष गरी दुर्गम तथा ग्रामीण इलाकामा बसोबास गर्ने र कृषि पेसामा आबद्ध परिवारमा बैंकको कर्जा बढी लगानी रहेकोले त्यस्ता खालका ग्राहकहरूले यस छुट सुविधाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?