वैशाख १३ गते २०८३ --:--:--
मेनु

उद्योग तथा वाणिज्य समिति सभापतिको निर्वाचन आज

मेरो आर्थिक मेरो आर्थिक भाद्र ११ गते २०८० ८:२९ AM
उद्योग तथा वाणिज्य समिति सभापतिको निर्वाचन आज

प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्वाचन आज अर्थात् सोमबार हँुने भएको छ । उद्योग तथा वाणिज्य समितिमा प्रस्तावकहरूले प्रस्तुत गर्ने र समर्थकहरूले प्रस्तावमा समर्थन जनाएपछि मतदान हुने भएको हो ।

उद्योग तथा वाणिज्य समितिमा सत्ता साँझेदार र प्रमुख प्रतिपक्षी दलका साझा उम्मेदवार जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीबीच प्रतिस्पर्धा हुँदै छ । अरू ९ वटा विषय गत समितिका सभापति भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्ता संसदीय समितिहरूले कानून निर्माणका साथसाथै सरकारका काम कारबाहीको निगरानी गर्ने तथा प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई समेत समितिहरूले प्रष्टीकरण लिन पाउँनुका साथै सरकारबाट भए गरेका कामहरुको निगरानी समेत गर्ने क्षेत्राधिकार रहेको हुन्छ । जसका कारण यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?