काठमाडौं महानगरपालिकामा करदाताको सङ्ख्या बढ्यो : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

काठमाडौं महानगरपालिकामा करदाताको सङ्ख्या बढ्यो

मेरो आर्थिक मेरो आर्थिक माघ ७ गते २०८०

काठमाडौँ महानगरपालिकामा चालु आवको अर्धवार्षिक अवधिमा करिब पाँच अर्ब राजस्व सङ्कलन भएको छ। 

गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चालु आ.व.मा तीन लाख ४३ हजार तीन सय ४० पुगेको का.म.पा. राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए। उनका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार नौ सय १६ व्यवसाय करदाता र ५२ हजार चार सय ८६ सम्पत्ति करदाता रहेका छन्। अन्य शीर्षकमा पनि करदाता बढ्ेका छन्। यसवर्ष करदाताको सङ्ख्या तीन लाख ४३ हजार तीन सय ४० पुगेको छ।

 “गत आवको अन्त्यसम्ममा कर तिरेका करदाताको सङ्ख्यालाई चालु आवका लागि करदाताको सङ्ख्या मान्ने गरिएको छ”, काफ्लेले भने। उल्लेखित करदातामध्ये अहिलेसम्मा एक लाख ९१ हजार आठ सय ८६ कर तिर्नेको सङ्ख्या रहेको भन्दै एक लाख ३२ हजार दुई सय ३४ कर नतिर्ने रहेका छन् भने करदाता बढेपछि कामपामा उलेख्य रुपमा कर सङ्कलन भएको छ।

कामपाको प्रमुख बालेन्द्र शाहले नेपालको विविध ऐन र कानुनमा भएको व्यवस्था बमोजिम बहाल कर सङ्कलन गर्ने पालिकाको मात्र अधिकार रहेको उल्लेख गर्दै यसअघि सङ्घ सरकारबाट सङ्कलन हुँदै आएको यस शीर्षकको कर स्थानीय सरकारबाट उठाउने बताउँदै आएका छन्। 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?