Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

उ. वा. संघको आयोजनामा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेरो आर्थिक
मेरो आर्थिक
माघ १२ गते २०८०
उ. वा. संघको आयोजनामा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आज कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा भएको हो । उद्योगी व्यवसायीहरुलाई कर तथा राजश्व सम्बन्धी सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।


अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायीले कर तिर्नु दायित्व भएको तर कर तथा राजश्व व्यवसायिक हितका लागि समेत खर्च गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले सरकारले लिएका कर सम्बन्धी नयाँ नीति, लगायत व्यवसायीहरूलाई परेका कर सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।


कार्यक्रमका मध्यस्तकर्ता एवम् कर परामर्शदाता गोपाल घिमिरेले करका दर तथा कर नीतिका बारेमा जानकारी गराउदैँ व्यवसायीहरू जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।


कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले विक्रेताले कुनै हिसाव किताव नराखि सामान विक्री गरी खरिदकर्ताले कुनै गल्ती नगर्दा समेत खरिदकर्ता करमा जरिवाना तिराउने कार्य जायज नभएको र यो समस्या समधानका लागि पहल गर्न उद्योग वाणिज्य संघ–चितवन सधै लाग्ने प्रतिवद्धता जनाउनु भएको थियो ।


कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, संघका कार्यसमिति सदस्यज्यूहरु विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरू लगाएत उद्योगी व्यवसायीहरूको सहभागिता रहेको कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

Add a new comment