विन्ध्यवासिनी हाइड्रोपावरको दोस्रो त्रैमासमा खर्चमा वृद्धि,नाफा घट्यो : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

विन्ध्यवासिनी हाइड्रोपावरको दोस्रो त्रैमासमा खर्चमा वृद्धि,नाफा घट्यो

मेरो आर्थिक मेरो आर्थिक माघ १८ गते २०८०

गत वर्ष दोस्रो त्रैमाससम्म ११ करोड २६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड ७९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने १७ करोड ६८ लाख रूपैयाँभन्दा बढी रहेको छ । विद्युत विक्री आम्दानी बढेपनि वित्तीय खर्चमा भएको उल्लेखनीय वृद्धिका कारण कम्पनीको खुद नाफामा असर परेको कम्पनीका सञ्चलाकहरु बताउँछन् । 

गत वर्ष १६ करोड १६ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष २४ करोड ७३ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो भने गत वर्ष ६ करोड ९४ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ७ करोड ८ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।

प्रतिशेयर आम्दानी ८ रूपैयाँ ३७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ५०६ रूपैयाँ रहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?