Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

साधारण सभा र लाभांश वितरणका लागि बुकक्लोज गर्दै यी दुई कम्पनीहरु

मेरो आर्थिक
मेरो आर्थिक
फागुन ६ गते २०८०
साधारण सभा र लाभांश वितरणका लागि बुकक्लोज गर्दै यी दुई कम्पनीहरु

हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज फाल्गुन ६ गते आइतबार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरणका  लागि हिमालयन रि इन्स्योरेन्सले भोली अर्थात फाल्गुन ७ गते बुकक्लोज गर्दैछ भने एशियन लाइफले उक्त कार्यका लागि फाल्गुन ८ गते बुकक्लोज गर्दैछ।

यी दुबै कम्पनीका शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्नका आज सम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरु हुनु पर्नेछ । भोली फागुन ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक बिदा रहेकोले बजार बन्द रहनेछ ।

हिमालयन रि (HRL) ले फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले फागुन १८ गते, शुक्रबार, होटल क्लासिक सिमरा, बारामा १६ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

Add a new comment