माथिल्लो तामाकोशीको लिलामी शेयरको रकम फिर्तामा ढिलाइ : mero aarthik
जेठ १७ गते २०८२
ब्रेकिङ न्यूज

माथिल्लो तामाकोशीको लिलामी शेयरको रकम फिर्तामा ढिलाइ

मेरो आर्थिक मेरो आर्थिक फागुन १५ गते २०८०

माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासनमा नबिकेको सेयर पुस १३ देखि २९ गतेसम्म लिलामी बिक्रीका लागि आवेदन खोलिएको थियो । लिलामी सेयर खरिदका लागि भन्दै रकम भुक्तानी गरेका सयौंले अझै रकम फिर्ता भने पाएका छैनन् ।

बिक्री प्रवन्धक रहेको लक्ष्मी सनराइज क्यापिटलले माघ २२ गतेदेखि रकम फिर्ता प्रक्रिया थालेको भएतापनि रकम फिर्तामा ढिलाइ गर्दा आवेदकले रकम फिर्ता नपाएका हुन् ।

तर कतिपयको बैंक खाता नम्बर र विवरण नमिलेकाले आईपीएसमार्फत रकम फिर्ता हुन नसकेको क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । आईपीएसबाट रकम फिर्ता हुन नसकेकाहरुलाई अर्को ४–५ दिनपछि नै चेकमार्फत फिर्ता गर्न सकिने भए क्यापिटलको ढिलाइले ३ साता समय लम्बिएको छ ।

कम्पनीका अनुसार हालसम्म रकम फिर्ता हुन नसकेकाहरुलाई बुधबार (फागुन १६)देखि रकम फिर्ता हुनेछ ।

‘उपत्यकाभित्र नागरिक लगानी कोषमा बुझाएकाहरुको हकमा कोषको कार्यालय नयाँ बानेश्वरबाट तथा लक्ष्मी सनराइज क्यापिटलमा बुझाएकाहरुको हकमा क्यापिटलको कार्यालय कमलपोखरीबाट चेक बुझ्न अनुरोध गरिन्छ’ क्यापिटलले भनेको छ ।