माघ २९ गते २०८२ --:--:--
मेनु

माथिल्लो तामाकोशीको लिलामी शेयरको रकम फिर्तामा ढिलाइ

मेरो आर्थिक मेरो आर्थिक फागुन १५ गते २०८० ९:३१ AM
माथिल्लो तामाकोशीको लिलामी शेयरको रकम फिर्तामा ढिलाइ

माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासनमा नबिकेको सेयर पुस १३ देखि २९ गतेसम्म लिलामी बिक्रीका लागि आवेदन खोलिएको थियो । लिलामी सेयर खरिदका लागि भन्दै रकम भुक्तानी गरेका सयौंले अझै रकम फिर्ता भने पाएका छैनन् ।

बिक्री प्रवन्धक रहेको लक्ष्मी सनराइज क्यापिटलले माघ २२ गतेदेखि रकम फिर्ता प्रक्रिया थालेको भएतापनि रकम फिर्तामा ढिलाइ गर्दा आवेदकले रकम फिर्ता नपाएका हुन् ।

तर कतिपयको बैंक खाता नम्बर र विवरण नमिलेकाले आईपीएसमार्फत रकम फिर्ता हुन नसकेको क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । आईपीएसबाट रकम फिर्ता हुन नसकेकाहरुलाई अर्को ४–५ दिनपछि नै चेकमार्फत फिर्ता गर्न सकिने भए क्यापिटलको ढिलाइले ३ साता समय लम्बिएको छ ।

कम्पनीका अनुसार हालसम्म रकम फिर्ता हुन नसकेकाहरुलाई बुधबार (फागुन १६)देखि रकम फिर्ता हुनेछ ।

‘उपत्यकाभित्र नागरिक लगानी कोषमा बुझाएकाहरुको हकमा कोषको कार्यालय नयाँ बानेश्वरबाट तथा लक्ष्मी सनराइज क्यापिटलमा बुझाएकाहरुको हकमा क्यापिटलको कार्यालय कमलपोखरीबाट चेक बुझ्न अनुरोध गरिन्छ’ क्यापिटलले भनेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?