भरतपुर भ्रमण वर्षको अवसरमा होटल संघको अध्यायन अवलोकन भ्रमण सम्पन्न : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

भरतपुर भ्रमण वर्षको अवसरमा होटल संघको अध्यायन अवलोकन भ्रमण सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक वैशाख १८ गते २०८१

भरतपुर महानगरपालिकाको नेतृत्वमा घोषणा भएको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउने उदेश्यले चितवन स्थित होटल व्यवसायीहरुको छाता संस्था होटल व्यवसायी संघ चितवनको आयोजनामा भरतपुर २९ चौकीडाँडा क्षेत्रमा एक दिने अध्यायन अवलोकन भ्रमण सम्पन्न भएको छ ।
करिव ८० जना होटल व्यवसायीहरुको सहभागिता रहेको उक्त अध्यायन अवलोकन टोलीले शनिबार भरतपुर २९ चौकिडाँडा स्थित भ्यु टावर, प्याराग्लाईडिङ स्थल, तारा खसेको ठाउँ, थुम्कीडाँडा, हाँडीगाउँ लगायतका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गरेको थियो । भरतपुरमा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले उक्त भ्रमण आयोजना गरिएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले जानकारी दिनु भयो ।
संघका सल्लाहकार देव शर्मा पौडेल (देवेन्द्र)को संयोजकत्वमा सम्पन्न भएको उक्त भ्रमणको थुम्किडाँडामा औपचारिक कार्यक्रम समेत सम्पन्न भएको छ । संघका अध्यक्ष लोकनाथ भट्ट कृष्णको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका सस्थापक अध्यक्ष जीवलाल सापकोटा विशेष अतिथी रहनु भएको थियो । संघ अन्तरगत रामनगर दासढुंगा सिमलताल इकाईको सहकार्यमा भएको उक्त कार्यक्रममा भरतपुर २९ का निवर्तमान वडाध्यक्ष मान बहादुर राना मगर र इकाईका पुर्व अध्यक्ष नारायण कुमार मगरले भरतपुर २९ र विशेष गरि चौकीडाँडा क्षेत्रको समग्र अवस्थ एवं चिनारीको वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम संयोजक देव शर्मा पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वागमती प्रदेशका सचिव राजेन्द्र कुमार पिया, होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्षहरु विनोद शर्मा, इमान्दु बराल, निवर्तमान अध्यक्ष केशव हड्खोले, रामनगर दासढुंगा सिमलताल इकाईका अध्यक्ष गणेश न्यौपानेलगायतले बोल्नु भएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, पुर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, पुर्व अध्यक्षहरुलगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?