व्यवसायिक विकास सेवा केन्द्रका लागि उवासंघको रणनीतिक योजना सम्पन्न : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

व्यवसायिक  विकास सेवा केन्द्रका लागि उवासंघको रणनीतिक योजना सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक जेठ २९ गते २०८१

२९ जेठ, भरतपुर । उद्योग वाणिज्य संघ–चितवनका तालिम कक्षमा आज दुई दिवसीय रणनीतिक कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चिवनले आफ्नो सचिवालयमा स्थापना गर्न लागेको व्यवसाय विकास केन्द्र तथा चेम्बर लर्निङ सेन्टरको लागि रणनीतिक कार्ययोजना गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक विकास बिना समग्र मुलुकको आर्थिक समृद्धि असम्भव हुने बताउँदै संघले उद्यमशीलता विकासको लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले संघबाटनै व्यवसाय विकास र निर्यात प्रर्वद्धनको लागि उद्योग वाणिज्य संघमानै व्यवसायिक विकास केन्द्र स्थापना गर्न लागिएको बताउनु भयो ।

गोष्ठीमा आगामी ३ वर्षे समयावधिमा संघमा स्थापना हुन लागेको व्यवसायिक विकास केन्द्रले उद्योगी व्यवसायहरुलाई व्यवसाय विकास सम्बन्धी सेवाहरु, लगानीको तयारी, अन्तरराष्ट्रिय अनुभव, परामर्श तथा मार्गदर्शन, अवसर र बजारमा पहुँच, नवप्रवर्द्धन व्यवसाय  सम्बन्धीका कार्यक्रमको कार्ययोजना तर्जुमा गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनुभएको थियो । संघमा स्थापना गर्न लागिएको सेवा केन्द्रको लागि युएसएआईडी, रुप अफ द वर्लड नामक संस्थाले सहयोग गर्ने संघले जनाएको छ । रुप अफ द वर्लडका निरज खनाल, दिलिप गुरुङ  र निश्चल सिँह भण्डारीले रणनीतिक कार्ययोजना गोष्ठीको  सहजिकरण गर्नुभएको थियो ।

 जेठ २८ र २९ गते गरि दुई दिन सम्म सञ्चालित कार्ययोजना तर्जमा गोष्ठीले व्यवसाय विकास केन्द्र सञ्चालनको लागि तिन वर्षे रणनीतिक योजना र वार्षिक कार्यान्वयन योजना तयार गरेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको पदाधिकारी, कार्यसमिति र कर्मचारी गरी २५ जनाको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?