१६ औं संस्करणको ‘नाडा अटो शो २०२४’ स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

१६ औं संस्करणको ‘नाडा अटो शो २०२४’ स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला

मेरो आर्थिक मेरो आर्थिक जेठ ३१ गते २०८१

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले १६ औं संस्करणको ‘नाडा अटो शो २०२४’ आयाेजना गर्ने भएको छ । आगामी भदौ ११ देखि १६ गतेसम्म १६ औँ संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने नाडाले जनाएको छ ।

काठमाडौंको भृकुटी मण्डप प्रदर्शनीस्थलमा आयोजना हुने प्रदर्शनीको जेठ ३१ गतेदेखि असार ५ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ । उक्त अटाे शाे मा सवारीसाधन, पार्टपुर्जा, बैक, वित्तिय सेवा लगायतकाे प्रदर्शनी रहने बताइएकाे छ ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ ।

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाले जनाएकाे छ ।

अर्थतन्त्रमा राजस्व सङ्कलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पुर्याउदै आइरहेको अटाे क्षेत्रका उद्योगी, व्यापारी, कर्मचारी एवं आम उपभोक्तालाई याे अटो शो बाट नयाँ प्रविधिको साक्षात्कार गराउने विश्वास गरिएको संयोजक अनुपकुमार बरालले बताएका छन ।