Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

इजरायलले गाजामा खाद्यान्न, औषधिसहित सबै इमरजेन्सी वस्तुको ढुवानी रोक्ने निर्णय

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २३ गते २०८०
इजरायलले गाजामा खाद्यान्न, औषधिसहित सबै इमरजेन्सी वस्तुको ढुवानी रोक्ने निर्णय

इजरायलले हमला भएको गाजा क्षेत्रमा विजुली, पानी, खाद्यान्न र इन्धनको आपूर्ति हाललाई ढुवानी रोक्का गरेको जनाएको छ । गत शनिबार बिहान हमासको आक्रमण सुरु भएपछि इजरायलले गाजामा खाद्यान्न र औषधिसहित सबै इमरजेन्सी वस्तुको ढुवानी रोक्ने निर्णय गरेको जनाएको हो ।

गाजा स्ट्रीपमा २३ लाख मानिसहरू बस्छन् । तीमध्ये ८० प्रतिशत मानिसहरू इजरायलसँग चलिरहेको बषौं सम्म चलेको युद्धका कारण मानवीय सहायतामा निर्भर रहेको बताइन्छ । गाजामा हमासको नियन्त्रण भए पनि यसको एयर स्पेस र समुद्री तटमा इजरायलको कब्जा छ । अब इजरायलको अनुमतिबिना गाजामा कुनै पनि सामान आपूर्ति हुन नसक्ने बताइएको बिबिसीले जनाएको छ ।

Add a new comment