Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज पठाइने

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २४ गते २०८०
इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज पठाइने

इजरायलमा रहेका नेपालीको उद्धारका लागि बुधबार राति नेपाल एयरलाइन्सको जहाज पठाइने भएको छ। गाजापट्टी क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरूले उद्धारका लागि अनुरोध गर्दै आएका छन्।

परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि दुबई ट्रान्जिट हुँदै बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज पठाइने जनाएको छ। शनिबार इजरायलमा भएको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो। बेपत्ता ४ जनामध्ये ३ जना भेटिएका छन् भने एक नेपाली अहिले पनि बेपत्ता छन् । इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन चाहनेको सूची अनलाइनमार्फत् दर्ता गरेको थियो। जसमा २ सय बढीले आवेदन दिएका छन्।

Add a new comment