Skip to content
logo
असाेज ३ गते २०८१ समयः

अन्तरराष्ट्रिय टिकेटिङ सेवा प्रदायक प्रवास ट्राभल एण्ड टुर्सलाई ६ महिनामा ८ अवार्ड

मेरो आर्थिक
मेरो आर्थिक
असार २ गते २०८१
अन्तरराष्ट्रिय टिकेटिङ सेवा प्रदायक प्रवास ट्राभल एण्ड टुर्सलाई ६ महिनामा ८ अवार्ड

काठमाडाैं । विगत १० वर्ष देखि अन्तरराष्ट्रिय एअरलाईन्स टिकेटिङ सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले यस वर्ष विभिन्न एअरलाईन्स्बाट गएको ६ महिनामा ८ अवार्ड जित्न सफल भएको छ ।

टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाईन्स वाट विभिन्न विधामा प्रवास ट्राभलले ८ अवार्ड जित्न सफल भएको हो ।

आफ्नो स्थापना काल देखि निरन्तर विभिन्न किसिमका अवार्डहरु प्राप्त गर्न सफल प्रवास ट्राभल एण्ड टुर्सले २०२३ र २०२४ मा विभिन्न अन्तर्राष्ट्रिय एअरलाईन्सको एअर टिकट विक्री गर्दाको सङ्ख्या, मूल्य र सेवाका आधारमा विभिन्न वायुसेवा कम्पनीले प्रदान गर्ने अवार्ड जित्ने क्रममा यो उपलब्धि हासिल गर्न सफल भएको हो ।

हालै आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाएको प्रवास ट्राभल एण्ड टुर्सले आफ्नो अनलाईन ट्राभल पोर्टल फ्लाईट्स नेपाल डट कमको सेवामा थप अभिवृद्धि गरेको छ । प्रवास होलिडेजकाे स्थापना तथा संचालन समेत शुरु गरेको छ।

थप विशेषता र अतिरिक्त सुविधा सहित संचनालमा ल्याईएको ट्राभल पोर्टल फ्लाईट्स नेपाल डट कम बाट विश्वभरको जुनसुकै कुनमा बसेर सजिलै अन्तर्राष्ट्रिय तथा डोमेस्टिक एअर टिकट खरिद गर्न सकिनेछ ।

आवश्यक परेको खण्डमा २४ घण्टा ग्राहक सेवा उपलब्ध रहेको प्रवास ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक प्रकास लोहनीले जनाउनु भएको छ ।

सस्तो एयर फेयर, अधिक क्यास ब्याक, विभिन्न अफर तथा छुटहरू, सेवामा बलियो प्रतिबद्धता लगायतका कारणहरूले आज नेपाली ट्राभल ट्रेडमा प्रवास ट्राभल विश्वाससनिय नाउँ बन्न सफल भएको हो ।

यहाँ स्मरणीय छ, विभिन्न एअरलाईन्सहरुसँगको सहकार्यमा स्टुडेण्ट फेयर, बढी ब्यागेज जस्ता आकर्षक अफरहरू प्रवास ट्राभलले ल्याउने गरेको छ ।

Add a new comment