Skip to content
logo
पौष ८ गते २०८१ समयः

राष्ट्र बैंकले साढे १ अर्ब रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गर्ने

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २५ गते २०८१
राष्ट्र बैंकले साढे १ अर्ब रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गर्ने

मेरो आर्थिक । २४ भदौ, काठमाडौं । राष्ट्र बैंकले पेन्सन तथा उपदानमा रहेको साढे १ अर्ब रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गर्ने बताएको छ । राष्ट्र बैंकले क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरूमा रुपैयाँ १ अर्ब ५० करोडनिक्षेपका रुपमा लगानी गर्ने बताएको हो ।

राष्ट्र बैंकले वाणिज्य क बर्गका वाणिज्य बैंकहरुमा १ अर्ब २० करोड लगानी गर्ने भएको छ । यस्तै राष्ट्रियस्तरका विकास बैंकहरुमा रुपैयाँ २२ करोड ५० लाख र राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा रुपैयाँ ७ करोड ५० लाख जम्मा गर्ने भएको छ ।

बैंकका अनुसार आउदो २०८१ असोज ४ गते देखि २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा सो रकम जम्मा गरिनेछ । यसमा सहभागि हुन चाहने बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम खुलाउन र ब्याजदर उल्लेख गरेर भदौ २६ गते बुधबार बेलुकी ७ बजेसम्म प्रस्ताव पेश गर्न सक्ने भएका छन्।

प्रस्ताव पेश गर्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ । न्यूनतम पुँजी कोष हुनुपर्ने छ । यस्तै निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनपर्नेछ लगायतका सर्तहरु पूरा गरेका बैंक वित्तीय संस्थाहरुले आवेदन दिन पाउने छन् ।

Add a new comment