Skip to content
logo
पौष १० गते २०८१ समयः

माण्डवीमा ‘बिद्यार्थीसँग वडा अध्यक्ष कार्यक्रम’

मेरो आर्थिक
मेरो आर्थिक
पौष ९ गते २०८१
माण्डवीमा ‘बिद्यार्थीसँग वडा अध्यक्ष कार्यक्रम’

राधिका भुसाल,प्युठान।माण्डवी गाउँपालिका वडा नम्बर ३ को आयोजनामा बिद्यार्थीसँग वडा अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ।वडा भित्र रहेका २ वटा बिद्यालयमा मंगलबार सम्पन्न भएको हो।

बिधार्थीको समस्या पहिचान गरि सम्बोधन गर्न, शैक्षिक गुणस्तरमा सुधार ल्याउन, अभिभावकको जिम्मेवारी बोध गराउने र बिद्यार्थीको गुनासो माथि छलफल गर्ने उदेश्यले   यो कार्यक्रम आयोजना गरिएको माण्डवी गाउँपालिका ३ वडाका वडाध्यक्ष धनेन्द्र कार्कीले बताए।श्री कृष्ण आधारभूत बिद्यालय मार्सिवाङ्ग र माण्डवी माध्यामिक बिद्यालय नयाँगाउँमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।यस कार्यक्रम गर्नु भन्दा पहिले २ वटै बिद्यालय स्थलगत अनुगमन गरि बिद्यार्थीको  सर्वेक्षण फारम भरिएको थियो।सोहि फारम मार्फत टिपोट भएका प्रश्न र सुझावहरु माथी ब्यापक छलफल हुनुको साथै  सरोकारवालाहरुले प्रतिबद्धता समेत ब्यक्त गरेका छन्।

कार्यक्रममा माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले गुणस्तर शिक्षाका लागि गाउँपालिकाबाट सक्दो सहयोग गर्ने बताए।सोही कार्यक्रममा बोल्दै  शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले बिद्यार्थीहरुलाई अनुशासित बनाउन, बिद्यार्थीले  राम्रो नजिता प्राप्त गर्न मुख्य जिम्मेवारी अभिभावको रहेको बताईन।शिक्षा शाखा,स्वास्थ्य शाखा र वडा कार्यालयबाट  गर्नुपर्ने काम तत्काल गर्ने तिनै जनाले प्रतिबद्धता ब्यक्त गरेका छन्।माण्डवी गाउँपालिका वडा नम्बर ३ को आयोजनामा भएको कार्यक्रमको संयोजन स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीले गरेको थियो।जिल्लाका नौ वटै स्थानियतहका ६४ वडाहरु मध्ये यो पहिलो र नमुना कार्यक्रम हो। सो कार्यक्रमको संचालन पत्रकार राधिका भुसालले गरेकी थिईन।   

वडा अध्यक्षद्वारा बिद्यार्थीलाई न्यानो कपडा वितरण

अभिभावक बिहिन तथा बिपन्न बर्गका बिद्यार्थीलाई माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले न्यानो कपडा वितरण गरेका छन्।उनले व्यक्तिगत लगानीमा २ वटा विद्यालयका २९ जना बालबालिकाहरुलाई ‘बिद्यार्थी सँग वडा अध्यक्ष कार्यक्रम’ मार्फत न्यानो कपडा वितरण गरका हुन्। श्री कृष्ण आधारभूत बिद्यालयमा १२ जना बालबालिका  र माण्डवी माद्यामिक  बिद्यालयका १७ जना बालबालिकाहरुलाई उक्त कपडा वितरण गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए।यस भन्दा अघि पनि उनले आफुले पाउने सेवा सुबिधा बापतको रकम सामाजिक कार्यमा लगाउदै आएका छन्।        

Add a new comment