हेटौँडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु : Mero Aarthik
कार्तिक २८ गते २०८२

हेटौँडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु

मेरो आर्थिक मेरो आर्थिक वैशाख ८ गते २०८०

करिब डेढ महिनाअघिदेखि बन्द रहेको हेटौँंडा सिमेन्ट उद्योगमा हिजो बिहीबारदेखि पुनः उत्पादन सुरु भएको छ । करिब ६ हप्ताअघि उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएर समस्या आउँदा क्लिङ्कर उत्पादन गर्ने कार्य बन्द गर्नुपरेको उद्योगको व्यवस्थापनले जनाएको छ ।

उद्योग व्यवस्थापनले बाहिरबाट विभिन्न उपकरण ल्याएर जडान र मर्मतसम्भार गरी हिजो बिहानदेखि सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने क्लिङ्कर उत्पादन पुनः सुरु गरिएको हो ।

हेटौँडा सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २२ देखि व्यावसायिक उत्पादन सुरु गरी सर्वसाधारण र विकासको आयोजनालाई आपूर्ति गर्दै आएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?