पश्चिमि क्षेत्रमा वर्षाको सम्भावना, उपत्यकामा भने खासै प्रभाव नपर्ने : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

पश्चिमि क्षेत्रमा वर्षाको सम्भावना, उपत्यकामा भने खासै प्रभाव नपर्ने

मेरो आर्थिक मेरो आर्थिक माघ १६ गते २०८०

नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पोखरादेखि पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात र वर्षा हुने सम्भावना
देखिएको छ । लामो समय हिउँदे वर्षा नहुँदा त्यस क्षेत्रका वासिन्दाहरु मर्कामा परेका छन् ।

पश्चिमी वायुको प्रभावले आगामी बिहीबार पश्चिम नेपालमा दिनभर वर्षा हुने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका मौसमविद डा. विनोद पोखरेल बताउँछन् । ‘पोखरादेखि पश्चिम बिहीबार दिनभर राम्रै वर्षा हुने देखिन्छ, पश्चिममा शुक्रबार बिहानसम्म पनि वर्षाको सम्भावना छ । अन्त भने हल्का वर्षा हुने सम्भावना छ ।’ उनले भनेका छन् ।

पूर्वानुमान मोडेलहरुले पश्चिमी नेपालमा ‘राम्रो वर्षा’ हुने र काठमाडौंमा भने हल्का वर्षा हुने देखाएको पोखरेल बताउँछन् । उनले आगामी सोमबारदेखि अर्को नयाँ प्रणालीको प्रभावले पुनः वर्षा गराउने सम्भावना रहेको पनि बताए ।

मौसम पूर्वानुमान गर्ने सबै मोडेलहरुले एकरुपता देखाएका छैनन् जसका कारण पूर्वानुमान गर्न मौसमविदहरुलाई गाह्रो छ । तर पश्चिम नेपालमा हल्कादेखि मध्यम खालको हिमपात र त्यस्तै खालको वर्षा हुनेमा मौसमविदहरु एकमत रहेका छन् ।

सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा र हिमपातको सम्भावना रहेको देखिएको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यका र मधेश प्रदेशमा भने वर्षाको खासै सम्भावना छैन । भए पनि छिटपुट मात्र वर्षाको सम्भावना रहेको मौसमविद बताउँछन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?