फागुन २१ गते २०८२ --:--:--
मेनु

आगामी फाल्गुन २९मा राष्ट्रिय सभा अध्यक्ष निर्वाचन हुने तयारी

मेरो आर्थिक मेरो आर्थिक माघ २१ गते २०८० २:१३ PM
आगामी फाल्गुन २९मा राष्ट्रिय सभा अध्यक्ष निर्वाचन हुने तयारी

राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकाअनुसार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फाल्गुन २९ गते हुने भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि सकिएपछि उक्त पद रिक्त हुँदैछ । त्यसैले नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था आएको हो ।

राष्ट्रिय सभा नेपालको संघीय संसदको माथिल्लो सदन हो, जसमा कुल ५९ जना सदस्य रहेका हुन्छन् जस मध्ये गत माघ १२ गते २० जना नयाँ सदस्यहरुको लागि निर्वाचन सम्पन्न भएको थियो । राष्ट्रिय सभा स्थाइ सदन हो भने यसका सदस्यहरुको पदावधि निश्चित गरिएको हुन्छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?