असार २० गते २०८३ --:--:--
मेनु

न्यूरोडस्थित रेष्टुरेन्टलाई खाद्य गुणस्तर मापदण्ड उल्लंघन गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना

काठमाडौंको न्यूरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बारलाई खाद्य गुणस्तर मापदण्ड उल्लंघन गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

मेरो आर्थिक मेरो आर्थिक असार २० गते २०८३ ३:०३ PM
न्यूरोडस्थित रेष्टुरेन्टलाई खाद्य गुणस्तर मापदण्ड उल्लंघन गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि काठमाडौंको न्यूरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागले गरेको अनुगमनका क्रममा रेष्टुरेन्टमा प्रयोग भइरहेको केही खाद्य सामग्रीमा गम्भीर कमजोरी फेला परेको जनाएको छ। निरीक्षणका क्रममा म्याद सकिएको फ्रुट सिरप प्रयोग गरिएको, पिज्जा बेस बनाउन प्रयोग हुने तेलमा साङ्ला भेटिएको तथा फ्रिजमा खाद्य सामग्रीको भण्डारण व्यवस्थित नरहेको पाइएको हो।

यस्तै, प्रयोगमा रहेको खाना पकाउने तेलको टीपीएम (Total Polar Materials) २२.० मापन गरिएको विभागले जनाएको छ। सरसफाइको अवस्था सामान्य रहे पनि खाद्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना नभएको निष्कर्ष निकालिएको छ।

विभागले रेष्टुरेन्ट व्यवस्थापनलाई देखिएका सबै कमजोरी तत्काल सुधार गर्न निर्देशन दिँदै तीन दिनभित्र सुधारको प्रमाणसहित विभागमा उपस्थित हुन भनेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?