आगामी फाल्गुन २९मा राष्ट्रिय सभा अध्यक्ष निर्वाचन हुने तयारी : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

आगामी फाल्गुन २९मा राष्ट्रिय सभा अध्यक्ष निर्वाचन हुने तयारी

मेरो आर्थिक मेरो आर्थिक माघ २१ गते २०८०

राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकाअनुसार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फाल्गुन २९ गते हुने भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि सकिएपछि उक्त पद रिक्त हुँदैछ । त्यसैले नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था आएको हो ।

राष्ट्रिय सभा नेपालको संघीय संसदको माथिल्लो सदन हो, जसमा कुल ५९ जना सदस्य रहेका हुन्छन् जस मध्ये गत माघ १२ गते २० जना नयाँ सदस्यहरुको लागि निर्वाचन सम्पन्न भएको थियो । राष्ट्रिय सभा स्थाइ सदन हो भने यसका सदस्यहरुको पदावधि निश्चित गरिएको हुन्छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?