Skip to content
logo
वैशाख ४ गते २०८२ समयः

एनआईसी एसिया बैंकको कर्जा छुट योजना सार्वजनिक

मेरो आर्थिक
मेरो आर्थिक
जेठ १७ गते २०८१
एनआईसी एसिया बैंकको कर्जा छुट योजना सार्वजनिक

 एनआईसी एसिया बैंकले कर्जा लिएका आफ्ना ग्राहकलाई लक्षित गरी छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ । आर्थिक शिथिलताका कारण ऋणीलाई परेको असरलाई सघाउने उद्देश्यले कर्जा छुट योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

२०८० चैत मसान्तसम्म भाखा नाघेका ऋणीहरूको हकमा जेठ २०८१ सम्म सबै कर्जा भुक्तानी गरेमा जरिबाना तथा हर्जाना रकममा शत प्रतिशत छुट उपलब्ध गराउने बैंकले जनाएको छ । साधारण बक्यौता ब्याज रकममा समेत छुट दिने योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

Add a new comment