Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

एसबिआई बैंकको नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन तथा महेन्द्रनगरको शाखा स्थानान्तरण

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण ३ गते २०८१
एसबिआई बैंकको नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन तथा महेन्द्रनगरको शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि.ले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री राजन बाबु काफ्लेले संयुक्त रुपमा गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री राजेश कूमार पडा, प्रमूख संचालन अधिकृत श्री यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरुलाई उनीहरूको वित्तीय/भन्सार सम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ । साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका–०५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं–०४ स्थित ४ नंम्बर गल्लीमा स्थानान्तरण गरी नयां परिसरबाट सेवा सुभारम्भ गरेको छ ।


हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैड्ढीङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Add a new comment