कार्तिक ५ गते २०८३ --:--:--
मेनु

राष्ट्रिय बीमा संस्थान ५६ औं वर्षमा प्रवेश

मेरो आर्थिक मेरो आर्थिक • फागुन ११ गते २०७९ १०:४८ AM
राष्ट्रिय बीमा संस्थान ५६ औं वर्षमा प्रवेश

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान ५५ वर्ष पुरा गरेर ५६ औं वर्षमा प्रवेश गरेको छ । २०२५ फागुन ११ गते संस्थानको रूपमा परिणत भएको संस्थान आज बिहीबारदेखि ५६ वर्षमा प्रवेश गरेको हो ।

नेपालको बीमा बजारमा जीवन बीमाको आवश्यकता र महत्वलाई जनमानसमा बोध गराउदै नेपाली जनताको आर्थिक सुरक्षाको सुनिश्चितता गर्न, जीवन बीमाको माध्यमबाट बीमाको पहुँच वृद्धि गर्न तथा वित्तीय स्रोत परिचालन गरी अर्थतन्त्रको सुदृढीकरणको सशक्त भुमिका निर्वाह गर्दै आएको संस्थानले दाबी गरेको छ ।

आगामी दिनमा संस्थानले उपलब्ध गराउने सेवाहरु अझ छिटो छरितो, सहज, गुणस्तरीय र विश्वसनीय बनाउदै जाने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?