सिटिजन लाइफ इस्न्योरेन्सको जीवन बीमा जागरण अभियान कार्यक्रमको सुरुवात : Mero Aarthik
कार्तिक २८ गते २०८२

सिटिजन लाइफ इस्न्योरेन्सको जीवन बीमा जागरण अभियान कार्यक्रमको सुरुवात

मेरो आर्थिक मेरो आर्थिक चैत्र २६ गते २०७९

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । यो कार्यक्रम २४ चैत्र देखि आगामी असार मसान्तसम्म जारी रहने जनाइएको छ ।

देश आर्थिक तरलता सङ्कटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ ।

बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रम बिच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोज बहादुर खड्का र सुनिल पोखरेलबाट यस अभियानको उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?