लाभांश प्रस्ताव गर्दै युनाइटेड अजोड इन्स्योरेन्स
मेरो आर्थिक
माघ ५ गते २०८०
समयः १:५१ pm
आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले यस आर्थिक वर्षको लागि लाभांश वितरण प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पुंजीको १०.२६१२ % बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ % नगद लाभांश गरि कुल १०.८०१३ % लाभांश आफ्ना शेयरधनीहरुमाझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको आउदो साधारणसभाबाट पारित गरी नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।