NLGI को साधारण सभाका लागि सुचना

मेरो आर्थिक
माघ ८ गते २०८०
समयः ९:१७ am

नेसनल लाइफ एण्ड जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) लाभांश प्रस्ताव पारित गर्न फागुन ३ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा डाकेको छ जुन बिहान ११ बजे शुरु हुनेछ।
माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। तसर्थ इन्स्योरेन्सले माघ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।