Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

बीमालेखको संख्यामा ह्रास तर बीमा शुल्क संकलनमा भने वृद्धि

मेरो आर्थिक
मेरो आर्थिक
माघ १२ गते २०८०
बीमालेखको संख्यामा ह्रास तर बीमा शुल्क संकलनमा भने वृद्धि

 चालू आर्थिक वर्षको निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय मङ्सिरको तुलनामा पुसमा २३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक मन्दीबाट देश विस्तारै उक्लिन्दै गर्दा देशको आन्तरिक आर्थिक गतिविधिमा आएको सुधारसँगै बीमा कम्पनीहरूको व्यवसायमा पनि वृद्धि देखिएको हो ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आ.व.को मङ्सिरमा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा पुसमा यो आँकडा बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यो वृद्धि २२ दशमलव ८८ प्रतिशतले हो । 

हाल १४ ओटा कम्पनीले निर्जीवन बीमा सेवा दिँदै आएको मा पुसमा सबैभन्दा बढी शिखर इस्योरेन्सले ८७ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले ६ करोड ७२ लाख रुपैयाँ मात्र संकलन गरेको छ । 

कम्पनीहरूको बीमाशुल्क संकलन वृद्धि भए पनि पुसमा जारी बीमालेखको संख्या भने घटेको छ । मङ्सिरमा उनीहरूले कुल २ लाख ७२ हजार ३८५ ओटा बीमालेख जारी गरेकोमा पुसमा २ लाख ५९ हजार ८१५ मात्रै जारी गरेको प्राधिकरणले जनाएको छ । 

गत पुससम्म निर्जीवन बीमा कम्पनीहरूले १४ लाख २१ हजार बीमालेख जारी गरी १९ अर्ब ३९ करोड बीमाशुल्क संकलन गरेका छन् । 

विप्रेषण आप्रवाहमा आएको सुधार, बैंक, वित्तीय संस्थामा अधिक तरलता, बैंकहरूले ब्याजदर घटाउँदै कर्जा प्रवाहमा जोड, दिनुले निर्जीवन बीमा कम्पनीको व्यवसायमा सकारात्मक प्रभाव देखिएको हो । 

Add a new comment