मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार हवाईजहाज बेपत्ता : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार हवाईजहाज बेपत्ता

मेरो आर्थिक मेरो आर्थिक जेठ २९ गते २०८१
SHARES
0

अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार एक हवाईजहाज बेपत्ता भएको छ ।राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उपराष्ट्रपति सौलोस क्लोस चिलिसहितका व्यक्तिहरु सवार हवाईजहाज बेपत्ता भएको हो ।

राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै उपराष्ट्रपति सौलोस क्लोस चिलिमा सहित ९ जना सवार हवाईजहाज बेपत्ता भएको जानकारी दिँदै उनीहरुको खोजीकार्य जारी रहेको जनाएको छ ।

५१ वर्षीय चिलिमा मलावी सेनाको हवाईजहाजमा थिए । उक्त हवाईजहाज स्थानीय समयअनुसार ९ः१७ बजे (नेपाली समय अनुसार दिउँसो १ बजे) राडारसँग सम्पर्कविच्छेद भएको थियो ।