बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले आइतबार हसिना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

मेरो आर्थिक मेरो आर्थिक जेठ १८ गते २०८२
SHARES
0

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आजबाट आइसीटीमा उनीविरुद्धको अभियोजनमाथि सुनुवाइ सुरु भएको छ ।

उनी हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन् । अहिले पनि उनी भारतमै रहेकी छन् । एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप उनीमाथि छ । सोही आन्दोलनले उनलाई अपदस्थ गरेको थियो ।