इजरायली ह्याकरद्वारा इरानी टिभी ह्याक, विद्रोको अपिल : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

इजरायली ह्याकरद्वारा इरानी टिभी ह्याक, विद्रोको अपिल

मेरो आर्थिक मेरो आर्थिक असार ५ गते २०८२

काठमाडौँ । इरान र इजरायलबीचको युद्ध सातौं दिनमा पुगेको छ । इजरायली ह्याकरहरूले बुधबार राति अबेर इरानको सरकारी सञ्चालित आइआरआइबी टिभीसहित धेरै समाचार च्यानलहरू ह्याक गरे । यस क्रममा मानिसहरूलाई विद्रोह गर्न अपील गरिएको थियो । यी ह्याकरहरूले २०२२ को विरोध प्रदर्शनको भिडियोहरू प्ले गरे, जसमा महिलाहरूले आफ्नो कपाल काटिरहेका थिए ।

२०२२ मा, महसा अमिनी नामकी एक इरानी महिलाको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सरकार विरोधी व्यापक प्रदर्शन भएको थियो । ह्याकरहरुले सो प्रदर्शनको भिडियो टिभीमा चलाएका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आक्रमणको योजनालाई अनुमोदन गरेका छन् । अब ट्रम्पको अन्तिम आदेश मात्र बाँकी रहेको छ । द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार, आक्रमणको आदेश दिनु अघि, ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम त्याग्छ या त्याग्दैन भन्ने हेर्न चाहेको बताइएको छ ।

पछिल्ला ६ दिनमा यस युद्धमा अहिलेसम्म इजरायलका २४ जना मारिएका छन् । साथै, वाशिंगटनस्थित एक मानव अधिकार समूहले इरानमा मृत्यु हुनेको संख्या ५८५ पुगेको र १,३२६ जना घाइते भएको दाबी गरेको छ । एभरेष्ट न्यूज एजेन्सी

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?