इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण

मेरो आर्थिक मेरो आर्थिक असार ५ गते २०८२

काठमाडौँ । इरानको क्षेप्यास्त्र आक्रमणमा इजरायली अस्पतालमा क्षति पुगेको छ र धेरै जना घाइते भएका छन् । इजरायलले इरानलाई आफ्नो क्षेप्यास्त्र आक्रमणमा सिधै अस्पताललाई लक्षित गरेको आरोप लगाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सामाजिक संजालमा लेखेका छन्- ‘आज बिहान, इरानका आतंकवादी तानाशाहहरूले बेरशेबाको सोरोका अस्पताल र नागरिक जनसंख्यामा क्षेप्यास्त्र प्रहार गरेका छन् । इरानका तानाशाहहरूले यसको पूर्ण मूल्य चुकाउनेछन् ।’

इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार, इरानको हालैको आक्रमणपछि कम्तिमा ६५ जना घाइते भएका छन्, जसको उपचार भइरहेको बताएका छन् ।

इजरायली सैन्य अधिकारीले हालैको आक्रमणमा इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।

इजरायलले इरानलाई दक्षिणी इजरायलको बेरशेबामा रहेको सोरोका अस्पताल सहित नागरिक क्षेत्रहरूलाई लक्षित गरेको आरोप लगाएको छ । एभरेष्ट न्यूज एजेन्सी,

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?