इरान र इजरायल युद्धविरामका लागि सहमत भए- ट्रम्प : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

इरान र इजरायल युद्धविरामका लागि सहमत भए- ट्रम्प

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको छन् । उनले दुवै देश १२ दिनको लागि युद्धविराम गर्न सहमत भएको ट्रम्पले उल्लेख गरेका छन् ।

ट्रम्पले लेखेका छन्- ‘आधिकारिक रूपमा, इरानले युद्धविराम सुरु गर्नेछ । यसको १२ घण्टापछि, इजरायलले युद्धविराम गर्नेछ । २४ घण्टापछि, १२ दिनको युद्ध आधिकारिक रूपमा समाप्त हुनेछ, जसलाई सम्पूर्ण विश्वले सलाम गर्नेछ । युद्धविरामको समयमा, अर्को पक्षले शान्तिपूर्ण र सम्मानजनक व्यवहार गर्नेछ ।’

ट्रम्पले भनेका छन्- ‘१२ दिने युद्ध’ अन्त्य गर्न सहनशक्ति, साहस र बुद्धिमत्ता देखाएकोमा म दुवै देश – इजरायल र इरानलाई बधाई दिन चाहन्छु ।’

उनले यो युद्ध लामो समयसम्म जान सक्ने थियो भन्दै युद्धविराम भएकोमा खुशी व्यक्त गरेका छन् । त्यस्तै ह्वाइटहाउसले पनि इरानले आक्रमण रोकेमा आफुहरु युद्धविरामका लागि सहमत भएको इजरायलले बताएको जानकारी दिएको छ ।

इरान र इजरायलबीच युद्धविराम गराउन कतारले कुटनीतिक भूमिका खेलेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यसअघि गएराती इरानले कतारस्थित अमेरिकी सैन्य आधार सिविरमा मिसाइल आक्रमण गरेको थियो । आफ्ना तीन परमाणु केन्द्रमा अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप इरानले अमेरिकी सैन्य आधार सिविरमा आक्रमण गरेको बताएको छ । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?