इरानले अमेरिकी सैन्य अड्डामा हानेका १९ क्षेप्यास्त्र मध्ये १८ रोकियो, एउटा खालि ठाउमा खस्यो : कतार : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

इरानले अमेरिकी सैन्य अड्डामा हानेका १९ क्षेप्यास्त्र मध्ये १८ रोकियो, एउटा खालि ठाउमा खस्यो : कतार

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२

काठमाडौँ । इरानले अमेरिकी सैन्य अड्डामा १९ वटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।

कतारले इरानले अमेरिकी दोहा एयरबेसमा १९ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये १८ वटालाई रोकिएको र एक क्षेप्यास्त्र खाली स्थानमा खसेको बताएको छ । तर यसले कुनै क्षति नपुर्‍याएको कतारले स्पष्ट गरेको छ ।

यसअघि मिडिया रिपोर्टहरूले इरानले १० वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका थिए । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले १४ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये १३ वटालाई रोकिएको बताएका थिए ।

इरानले आफ्ना तीन परमाणु केन्द्रमा अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप इरानले अमेरिकी सैन्य आधार सिविरमा आक्रमण गरेको बताएको छ ।  

यसै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको छन् । उनले दुवै देश १२ दिनको लागि युद्धविराम गर्न सहमत भएको ट्रम्पले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार कतारको कुटनीतिक प्रयासमा दुवै देश युद्धविरामका लागि सहमत भएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?