इजरायलले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

इजरायलले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२

काठमाडौँ । इजरायली सरकारले डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएको छ । विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविरामको प्रस्तावलाई सहमति जनाउदै यो उलंघन गरिएमा कडा जवाफ दिने बताएको छ ।

साथै इजरायलले इरानमाथिको आक्रमणबाट आफ्नो उद्धेश्य पुरा भएको समेत बताएको छ । इजरायली आक्रमणमा इरानले ठुलो संख्यामा सैनिक नेतृत्व गुमाएको छ भने आफ्ना तीन प्रमुख आणविक केन्द्रमा अमेरिकाले समत आक्रमण गरेपछि यसको ठुलो क्षति भएको अनुमान गरिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान बीच युद्धविरामको घोषणा गरेका थिए । उनले अर्को पोस्टमा, ट्रम्पले भनेका छन्, ‘युद्धविराम अब सुरु भएको छ । कृपया यसको उल्लंघन नगर्नुहोस् ‘

अर्कोतर्फ इरानले पनि युद्धविराम सुरु हुनुभन्दा अघि ‘अन्तिम चरणको क्षेप्यास्त्र’ प्रहार गरिएको बताएको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?