इजरायलको आक्रमणबाट इरानमा मृत्यु हुनेको संख्या ६ सय नाघ्यो


काठमाडौँ । इरानमा इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय नाघेको छ ।
दुवै देशबीच युद्धविराम भएपछि इरानका स्वास्थ्यमन्त्री मोहम्मद रेजा जफरगानीले जुन १३ देखि इजरायली आक्रमणमा ६०६ जना इरानीको मृत्यु भएको बताएका छन् ।
इरानका मिडिया प्रेस टिभीका अनुसार इजरायली आक्रमणमा पाँच हजार ३३२ जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ ।
साथै मन्त्री जफरगानीले पछिल्लो २४ घण्टामा इरानमा सबैभन्दा गम्भीर आक्रमणहरू भएको र १०७ जनाको मृत्यु भएको बताएका छन् ।
द्वन्द्वको अनुगमन गर्ने मानव अधिकार समूह, इरानमा मानव अधिकारकर्मीहरूले मृत्यु हुनेको संख्या आधिकारिक तथ्याङ्कभन्दा लगभग दोब्बर भएको दाबी गरेका छन् ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%