Skip to content
logo
वैशाख ४ गते २०८२ समयः

सूर्योदय न.पा.मा अत्याधुनिक औजारसहित आँखा अस्पताल उद्घाटन

मेरो आर्थिक
मेरो आर्थिक
माघ २६ गते २०८०
सूर्योदय न.पा.मा अत्याधुनिक औजारसहित आँखा अस्पताल उद्घाटन

माघ २६ ,इलाम । सूर्योदय नगरपालिकामा नेत्र ज्योति सघंद्वारा संचालनमा आएको अत्याधुनिक प्राविधिक औजार सहित आँखा अस्पतालको उद्घाटन भएको छ । यस अस्पतालबाट आँखा तथा दाँत सम्बन्धी सबै प्रकारका सेवाहरू उपलब्ध हुनेछ।

हिजो मिती २०८० माघ २५ गते उक्त उद्घाटन समारोह समापन गरिएको छ । सामाजिक सञ्चाल फेसबुकमा नगर प्रमुख रन बहादुर राईले दुई शब्द स्वरुप लेख्दै खुसी व्यक्त गर्नुभएको छ । "यस अस्पताल संचालनको निम्ति सूर्योदय नगरपालिकाले निकै लामो प्रयास गरेको थियो। ईलाम नेत्र ज्योति सघंको अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु।" उहाँले भन्नुभएको छ ।

उहाँका अनुसार विगतका दिनहरुमा सूर्योदय नगरपालिकाले दाँत सम्बन्धी पनि अत्याधुनिक प्राविधिक औजारहरू सहित सेवाहरू पनि उपलव्ध गराईरहेको छ । नगरपालिका र नेत्र ज्योति सघंको निशुल्क सिविरद्वारा हालसम्म ४६०० भन्दा बढीकोको आँखा जाँच गरेसकेको छ भने सामुदायिक स्तरमा १६०० भन्दा बढीको नि:शुल्क जाँच गरी नि:शुल्क चश्मा र सर्जरी पनि उपलब्ध गरिरहेको छ।

Add a new comment