सूर्योदय नगरपालिमा नेपाली काँग्रसको दोस्रो वडा अधिवेशन सम्पन्न : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

सूर्योदय नगरपालिमा नेपाली काँग्रसको दोस्रो वडा अधिवेशन सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक माघ २७ गते २०८०

माघ २७,इलाम । सूर्योदय नगरपालिका वडा नं. ७ मा नेपाली काँग्रेसको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । हिजो मिति २०८०/१०/२६ गते सम्पन्न भएको उक्त अधिवेशनमा पार्टीका विविध अग्रज व्यत्तित्वको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रसका वडा समिति सचिव श्री युवराज पौडेलले सञ्चालन गर्नुभएको उक्त अधिवेशनको सभापतित्व पार्टी सभापति श्री कुल प्रसाद पौडेलले गर्नुभएको थियो ।

सम्पन्न सभाले स्व. केशर कुमार बुडाथोकीको निधन प्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै सन्त पुरुष सुसील कोइरालाको स्मृति दिवस सम्झना गरेको थियो ।

पार्टीका आगामी उद्धेश्य र चालिने कदम माथि एक नजर लगाउदै सभाको प्रमुख अतिथि रहनु भएका महासमितिका सदस्य टिका राम लाप्चाले राजनैतिक तथा सांगठनिक विषयमा प्रकाश पार्नु भएको थियो ।

साथै सभामा विशेष अतिथिको रुपमा कोशी प्रदेश संसद श्री वन्दना अधिकारीको समेत उपस्थिति रहेको थियो । विकाश निर्माणमा पार्टीले खेलेको भूमिकाको बारेमा बोल्दै आगामी दिनमा समेत स्थानीय र  प्रादेशिक विकाशमा पार्टी अग्रसर रहने प्रतिवद्धता जनाउनु भएको थियो ।

यसै क्रममा अन्य वक्ताहरु महासमिति सदस्य श्री देउ कुमारी कट्टेल, महाअधिवेशन प्रतिनिधि हरी प्रसाद लुइटेल तथा श्री हिमाल मास्के, प्रदेश समिति सभापति श्री निस्कल राई, क्षेत्रीय सचिव यमन लामा, जनप्रतिनिधि गजे घलेले विभिन्न विषयमा बोल्दै पार्टीगत तथा संस्थागत विचारधाराहरु व्यक्त गर्नुभएको थियो ।

अधिवेशनमा पार्टीले स्थानीय तहमा हाल सम्म गरेका कार्यकलापका साथै आगामी उद्धेश्यहरु माथि गहन टिकाटिप्पणी गर्दै समापन गरिएको थियो ।

कार्यक्रमको अवसरमा महाधिवेशन प्रतिनिधि हिमाल मास्के, पूर्व गाउँ कमिटि सभापति टङ्क मणि कोइराला, पूर्व गाउँ कमिटि सभापति जिल्ला सदस्य मान कुमार लाप्चा, पूर्व गाउँ कमिटि सभापति गजेन्द्र वस्नेत साथै नेपाली काँग्रस सु.न.पा ७का वयो वृद्ध सदस्य दाताराम खतिवडालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा विभिन्न क्षेत्रमा रहेर योगदान गर्नुहुने सु.न.पा ७ नेपाली काँग्रसका क्रियाशील सदस्यहरु मिलन लाप्चा, भिम चामलिङ, ढाकानाथ पौड्याल, नवीन राई, सोम बहादुर राई र जनप्रतिनिधि गजे घलेलाई प्रशंसा पत्र वडा सभापति कुल प्रसाद पौडेलले प्रदान गर्नुभएको थियो ।

स्रोत : युवराज पौडेल, इलाम ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?