Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा 

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख १५ गते २०८१
प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, उपाध्यक्ष महजवी खातुनसहित ६ जनाविररूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

अख्तियारले सो पालिकाका इन्जिनियर सुभाष पाण्डेयसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

महोत्तरीको एकडरा गाउँपालिका– १ अन्तरगतका सडक ढलान गर्ने क्रममा विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंह, इन्जिनियर पाण्डेय, योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल, असिस्टेन्ट सवइन्जिनियर सञ्जय कुमार मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

गाउँपालिका उपाध्यक्ष खातुन र जानकी कन्सट्रक्सन मरा शिसवा नगरपालिका–५ महोत्तरीका प्रोपराइटर राकेश कुमार रायविरुद्ध पनि मुद्दा दायर भएको छ ।

उनीहरुले आयोजना सम्पन्न गर्नेक्रममा ८ लाख ६५ हजार १४५ रुपैयाँभ्रष्टाचार गरेको भन्दै सो रकम बराबरको जरिमाना र बिगो दावी गर्दै मुद्दा दायर गरेको हो ।

Add a new comment