बगनासकालीमा कांग्रेस-माओवादीका प्रतिनिधिद्वारा गाउँसभा बहिष्कार : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

बगनासकालीमा कांग्रेस-माओवादीका प्रतिनिधिद्वारा गाउँसभा बहिष्कार

मेरो आर्थिक मेरो आर्थिक असार २८ गते २०८१

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले १६औं गाउँसभाको अन्तिम बैठक बहिष्कार गरेका छन् ।

कार्यपालिकाका तीन र १४ जना गाउँसभा सदस्यले सभाको बहिष्कार गरेका हुन् । अधिवेशनमा गाउँपालिका सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट नआएको आरोप छ । संयुक्त विज्ञप्ति जारी गर्दै जनताका सरोकारका विषयबस्तुलाई उपेक्षा गरिएको, वडागत, विषयगत रुपमा विनियोजन बजेट न्यून भएको आरोप उनीहरुले लगाएका छन् ।

पार्टिगत रुपमा योजना छनोट गरी बजेट व्यवस्था गरेको, सरकार जनउत्तरदायीभन्दा विलाशितातर्फ उन्मुख रहेको, कार्यपालिकामा उठाइएका कुनै पनि प्रश्नको उत्तर सन्तोषजनक नभएको आरोप उनीहरुले लगाएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?