टी–२० विश्वकप छनोटको निर्णायक खेलमा युएईसँग नेपालको सानदार जित

मेरो आर्थिक
कार्तिक १७ गते २०८०
समयः २:१७ pm

टी–२० विश्वकप छनोटको निर्णायक खेलमा युएईसँग नेपालको सानदार जित हाँसिल गरेको छ । आज भएको खेलमा युएइलाई पराजित गर्दै बिश्वकप छनौंटमा प्रवेश गरेको हो ।
यो जितसँगै नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ ।
आज मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।