Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

आइतवार भएको टि २० विश्वकप फाइनल खेलमा कसले के पाए ?

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक २० गते २०८०
आइतवार भएको टि २० विश्वकप फाइनल खेलमा कसले के पाए ?

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र ओमान बीच आइतवार भएको फाइनल खेलमा नेपाल सुपर ओभरमा पराजित भएको छ । टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालले दिएको निर्धारित १८५ रनको लक्ष्यमा बराबर भएपछि खेल सुपर ओभरमा गएको हो ।

नेपाल र ओमानले आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि २० विश्वकप खेल्न पाउनेछन् । नेपालले सेमिफाइनलमा युएईलाई पराजित गर्दै विश्वकमा छनोट भएको थियो भने ओमानले बहराइनलाई हराउँदै विश्वकपमा स्थान बनाएका हो ।

प्रतियोगिताको विजेता टोलीलाई प्रधानमन्त्री पुष्पकल दाहाल (प्रचण्ड), युवा तथा खेलकुदमन्त्री डीगबाहदुर लिम्बू, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पुरस्कार प्रदान गरे ।

खेलमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । गुल्शनले विश्वकप एसिया क्षेत्र छनोट खेलमा पाँच खेल खेलेका थिए । जसमा उनले ७९ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए ।

त्यस्तै खेलमा गुल्शनले सर्वाधिक ५४ रनको योगदान दिएका थिए । यस उपाधिसहित उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । यता ओमानका अलराउण्डर अकिब इतियास सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

ओमानका बिलाल खान प्रतियोगितामा उत्कृष्ट बलर चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए । नेपालका कुशल भुर्तेल प्रतियोगितामा उत्कृष्ट ब्याटर चुनिए । कुशलले ५ खेलमा एक अर्धशतकसहित कूल एक सय ८५ रन बनाएका थिए ।

Add a new comment